एलजीका उत्पादनबारे जानकारी दिन नयाँ वेभसाइट सुरु

Advertisement

काठमाडौँ । सिजी इलेक्ट्रोनिक्सले एलजी नेपालको आधिकारिक वेबसाईट एलजीनेपालडटकम लञ्च गरेको छ । 

यो वेबसाईट मार्फत उपभोक्ताले एलजीको घरायसी उत्पादनहरुको बारेमा जानकारी साथसाथै तुलना पनि गर्न सक्नेछन् । यस वेबसाईटमा उपभोक्ताहरुले मुल्य, विशेषता, वारेण्टी र कम्पनीले दिने छुटको बारेमा जानकारी पाउन सक्नेछन् । 

Advertisement

एलजीको कुनै पनि नयाँ उत्पादन आएको र सोको विशेषता यस वेबसाईटबाट प्राप्त गर्न सकिनेछ । एलजीको उत्पादनहरुमा आएको समस्या मर्मत र वारेन्टी दाबीका साथै अन्य सेवाहरु यस वेबसाईट बाट दर्ता र प्राप्त गर्न सकिनेछ ।

अब ग्राहकवर्गहरुलाई उत्पादन हेर्न तथा उत्पादनको विशेषता बुझ्न भौतिक पसलमा जान आवश्यक नपर्ने र विना कष्ट सजिलै सम्पूर्ण जानकारीका साथै आफुलाई चाहिने एलजीका उत्पादनहरु बुक पनि गर्न सकिनेछ । 

यस वेबसाईटले एलजीका सबै उत्पादनहरु जस्तै एलईडि टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एसि, एयर प्युरिफायर, भ्याकुम क्लिनर, माइक्रोवेभ वोभन, कन्डेन्सर ड्रायरहरुको बारेमा सम्पूर्ण जानकारी प्रदर्शन गर्दछ । 

उपभोक्ताहरुले आफ्नो नजिकैको एलजीको शोरुम पनि यस वेबसाईटमा रहेको स्टोर लोकेटर मार्फत सजिलै पत्ता लगाउन र सम्पर्क गर्न सक्नेछन् । अन्य पनि धेरै विशेषताको साथ उपभोक्ताहरुको जिवनशैली सरल बनाउने लक्ष्यका साथ एलजीनेपालडटकम वेबसाईट कम्पनीले ल्याएको र यसले एलजीका ग्राहक वर्गलाई अझ धेरै सुविधा प्राप्त हुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ । 
 

Advertisement

Advertisement