नेप्सेले खारेज गर्यो एनआईडीसी डेभलपमेन्ट बैंकको धितोपत्र सूचीकरण, यस्तो छ कारण

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले एनआईडीसी डेभलपमेन्ट बैंक लिमिटेडको धितोपत्र सूचीकरण खारेज गरेको छ । 

नेप्सेको आजको निर्णय अनुसार उक्त बैंकको धितोपत्र सूचीकरण खारेज गरिएको सूचीकरण शाखाका कामु सहायक प्रबन्धक सुबोध ढुंगेलले जनाएका छन् । 

Advertisement

उक्त बैंकलाई राष्ट्रिय वाणिज्य बैंकले प्राप्ति गर्ने समझदारी पछि २०७४ भदौ १२ गतेदेखि नै धितोपत्रको दोश्रो बजारको कारोबार स्थगित रहँदै आएको थियो । एनआईडीसी वाणिज्य बैंकमा बिलय भएपछि दुबैको एकीकृत कारोबार २०७५ बैशाख १९ गतेदेखि भएको थियो । 

हाल उक्त एनआईडीसी अस्थित्वमा नरहेकाले धितोपत्र सूचीकरण बिनियमावली २०७५ को बिनियम १९ को उपनियम(१) (क) मा भएको कानूनी व्यवस्था अनुसार सूचीकरण खारेज गरिएको कामु सहायक प्रबन्धक ढुंगेलले उल्लेख गरेका छन् ।   
 

Advertisement

Advertisement