सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट निरन्तर घाटामा

Advertisement

हेटौंडा । सरकारी स्वामित्वमा रहेका उद्योगहरु धरासायी भइरहेका बेला हेटौंडा सिमेन्ट उद्योगले पनि त्यसको नियति भोग्न थालेको छ । सरकारी लगानीको यो उद्योग विगत दुई वर्षदेखि निरन्तर घाटामा गइरहेको छ । केही वर्ष नाफामा गएको उद्योगले आर्थिक वर्ष २०७५।७६ र ०७६।७७ मा निरन्तर घाटा बेहोरेको हो । 

आव २०७२।७३ देखि निरन्तर नाफामा गइरहेको सिमेन्ट उद्योग आव २०७५।७६ मा मेसिनमा खराबीका कारण लामो समय बन्द हुँदा घाटामा गएको थियो । त्यस वर्ष उद्योगले करिब १ करोड ५ लाख रुपियाँ घाटा बेहोरेको उद्योगको लेखा परीक्षणबाट देखिएको छ । यद्यपि सञ्चालक समितिको अध्यक्ष पद खाली हुँदा आन्तरिक लेखा परीक्षण स्वीकृत गरी महालेखा कार्यालयमा बुझाउन सकिएको छैन ।

Advertisement

आर्थिक वर्ष २०७६।७७ मा उद्योगले झण्डै ५ करोड रुपियाँ घाटा बेहोर्ने अनुमान गरिएको छ । कोरोना भाइरसको प्रभावका कारण सिमेन्ट बिक्री हुन नसकेको र उत्पादनमा पनि ह्रास आएका कारण उद्योग बितेको वर्ष पनि घाटामा गएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए ।

कारोबार दैनिकबाट ।

Advertisement

Advertisement