अजोडको नाफा ५० प्रतिशतले वृद्धि, बजार विस्तार शतप्रतिशत बढी

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले ६ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष २०७६।७७ मा आफ्नो नाफा २ करोड ९ लाख अर्थात ५०.८५ प्रतिशतले वृद्धि गर्न सफल भएको हो । जबकी आव २०७५।७६ मा कम्पनीको नाफा जम्मा ४ करोड ११ लाख रुपैयाँ मात्रै थियो ।

अजोडले गत आर्थिक वर्षमा ८६ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको देखिन्छ । आव २०७५।७६ मा कम्पनीले जम्मा ४१ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । अजोडले एक वर्षकै अवधीमै आफ्नो व्यवसाय ४४ करोड ६३ लाख अर्थात १०७.५६ प्रतिशतले वृद्धि गर्न सफल भएको हो । 

९१ हजार दुई सय २७ वटा बीमालेख जारी गरेको कम्पनीले एक हजार ९ सय ८० वटा दावी मार्फत २२ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ । कम्पनीको चुक्ता पुँजी ७१ करोड ५० लाख रुपैयाँ छ र ३० करोड रुपैयाँको आइपीओ पुँजीकरण गर्न बाँकी छ । आइपीओ  वापत प्राप्त रकम पुँजीकरण  पश्चात कम्पनीको पुँजी एक अर्ब एक करोड ५० लाख रुपैयाँ कायम हुनेछ । अजोड इन्स्योरेन्सको सेयर दोश्रो बजारमा प्रति कित्ता ५ सय १३ रुपैयाँमा कारोबार भैरहेको छ ।

हाल कम्पनीको जगेडा कोषमा ४ करोड ५४ लाख रुपैयाँ छ भने बीमा कोषमा ६ करोड १६ लाख रुपैयाँ रहेको छ । अजोडको प्रति सेयर आम्दानी ८ रुपैयाँ ८६ पैसा छ भने प्रति सेयर नेटवर्थ ११५.९७ रुपैयाँ छ । नयाँ बीमा कम्पनीहरु तर्फ सबै भन्दा पहिले आइपीओ जारी गरेको अजोडको व्यवसाय विस्तार पनि आक्रामक देखिन्छ । प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले व्यवस्थापकिय नेतृत्व गरिरहेको अजोडले पुराना तथा स्थापित कम्पनीहरुलाई कडा टक्कर दिईरहेको छ । 

Advertisement

Advertisement

Advertisement