भदौ ३ गतेदेखि लिबर्टी इनर्जीको आइपीओ, भर्ने की नभर्ने ?

Advertisement

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि आइपीओ निष्काशन गर्दैछ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित ३५ लाख ६४ हजार ९ सय ३० कित्ता बराबरको ३५ करोड ६४ लाख ९० हजार ३ सय रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो । ७० करोड ६५ लाख ८० हजार रुपैयाँ जारी पुँजी रहेको कम्पनीले २५ प्रतिशत बराबरको आइपीओ जारी गर्न लागेको हो । भदौ ३ गतेबाट खुल्ने आइपीओमा छिटोमा ७ गते र ढिलो भएमा १७ गतेसम्म आवेदन दिन पाइनेछ । 

कम्पनीको प्रति सेयर आम्दानी ५.७४ रुपैयाँ रहेको छ । लिबर्टीले २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनामा लगानी गरेको छ, जुन परियोजनाबाट यसै आर्थिक वर्षको चैतदेखि विद्युत उत्पादन हुँदैछ । ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९ सय २१ रुपैयाँ कुल लागत रहेको आयोजनाको प्रति मेगावाट लागत १८ करोड ५४ लाख रुपैयाँ रहेको छ ।  त्यस बाहेक कम्पनीले बाग्लुङमा २४.६ मेगावाट क्षमताको बडिगाडखोला जलविद्युत आयोजना रे लमजुङको लोदोखोलामा १.६ मेगावाटको साना जलविद्युत आयोजनाको सर्वेक्षण लाइसेन्स लिएर अध्ययन गरिरहेको छ । 

कम्पनीको सञ्चालक समितिमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशी अध्यक्ष छन् भने प्रभु लाइफ इन्स्योरेन्सका अध्यक्ष डा. आत्मराम घिमिरे, नयाँ प्रकाशसन प्रालीका कार्यकारी निर्देशक शुशिल थापा, आशा लघुवित्तका पूर्व अध्यक्ष राम बहादुर पाण्डे, पर्यटन व्यवसायी राजेन्द्र वस्ति सञ्चालक समिति सदस्य रहेका छन् । 
कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । कम्पनीले आव्हान पत्र सार्वजनिक गर्दै अध्ययन गरेर लगानी गर्न अनुरोध गरेको हो । 
 

Advertisement

Advertisement

Advertisement