एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्सड् फण्डका इकाईधनीहरुका लागि प्रतिफल घोषणा

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तरगत एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको प्रतिफल घोषणा भएको छ । 

एनआईसी एशिया क्यापिटलको हिजो बसेको बैठकले ग्रोथ फण्डका इकाईधनीलाई १२ प्रतिशत(करसहित) र ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई ८ प्रतिशत(करसहित) मुनाफा बितरण गर्ने निर्णय गरेको प्रमुख सञ्चालन अधिकृत तथा कम्पनी सचिव मनिष घिमिरेले जनाएका छन् ।

Advertisement

आर्थिक वर्ष २०७६/७७ का लागि ग्रोथ फण्डका इकाईधनीहरुलाई १० करोड २ लाख २४ हजार रुपियाँ र ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई ६ करोड ४ लाख रुपियाँ मुनाफा गर्ने निर्णय गरिएको हो । 
 

Advertisement

Advertisement