नेपाल बैंकले सिएसआरको ३ करोड ४६ लाख रुपियाँ कोरोना कोषलाई बुझायो

Advertisement

काठमाडौं । नेपाल बैंक लिमिटेडले कोरोना कोषलाई ३ करोड ४६ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । बैंकका अध्यक्ष बासुदेव अधिकारी र सिइओ कृष्ण अधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा अर्थमन्त्री डा. युवराज खतिवडालाई चेक हस्तान्तरण गरेका हुन् । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंक तथा वित्तिय संस्थाहरुले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्न बाँकी रहेको रकम कोरोना कोषमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार नेपाल बैंकले कोरोना संक्रमण नियन्त्रण तथा उपचार कोषमा ३ करोड ४६ लाख रुपैयाँ उपलब्ध गराएको बैंकका अध्यक्ष बासुदेव अधिकारीले बताए । 
बैंकले यस अघि नै संघीय सरकारलाई कोरोना कोषमा एक करोड र सातै प्रदेश सरकारले खडा गरेका कोषहरुलाई पाँच पाँच लाख रुपैयाँ सहयोग गरिसकेको थियो ।

Advertisement

Advertisement

Advertisement