खानेपानीमा नीतिगत भ्रष्टाचार, सरकारको अनुमतिमा मूल्यवृद्धि

Advertisement

काठमाडौं । उपभोक्ताको हकहितका काम गर्ने जिम्मेवारी पाएको वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नै व्यापारीलाई लाभ हुने गरी मूल्य बढाएपछि उपभोक्तालाई वार्षिक थप पौने अर्ब रुपियाँ भार पर्ने भएको छ। विभागले तोकेको मूल्य कार्यान्वयन आए राजधानीका उपभोक्ताले जारमा अहिले तिर्दै आएको मूल्य भन्दा एक वर्षमा थप करिब ८१ करोड रुपियाँ तिर्नुपर्छ।

नेपाल बोटलर्स वाटर एसोसिएसनमा अनुसार राजधानीमा दैनिक डेढ लाख जार पिउने पानी बिक्री हुन्छ। विभागले सोमबार प्रति जार पानीको एमआरपी मूल्य ५० रुपियाँ तोकेको छ। प्रति जार अतिरिक्त न्यूनतम १५ रुपियाँका दरले एक लाख ५० हजारको एक दिनमा २२ लाख ५० हजार र एक महिनामा ६ करोड ७५ लाख हुन्छ।

Advertisement

२५ देखि ४० रुपियाँमा उपभोक्ताले उपभोग गरिरहेको एक जारको पानीको मूल्य विभागले बढाएर ५० पु¥याईएको छ। बढेको मूल्य भदौ १०देखि लागू हुने जनाएको छ। उद्योगले निर्यात गर्नका लागि उत्पादन गरेको र विशेष प्रकृतिको शिलवन्दी प्रशोधित पानीको हकमा यो समायोजन मूल्य कामय नहुने विभागको भनाई छ।

व्यापारीको इच्छा अनुसार निर्धारण गरिएको मूल्य निर्धारणलाई नीतिगत भ्रष्टाचारको एक रुप भएको अधिवक्ता तथा उपभोक्ता अधिकारकर्मी ज्योती बाँनिया बताउँछन्। ‘खानेपानी ऐन अनुसार विभागले मूल्य तोक्न पनि मिल्दैन,’ बाँनियाले भने, ‘विभागले गरेको काम नीतिगत भ्रष्टाचारको एक रुप हो।’

नागरिक दैनिकबाट । 

Advertisement

Advertisement