तीन दिनदेखि बेपत्ता पत्रकार बलराम बानियाको शब सिस्नेरीमा फेला

Advertisement

काठमाडौं । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार बलराम बानियाको शब सिस्नेरीमा फेला परेको छ । तीन दिनदेखि बेपत्ता रहेका पत्रकार बानियाको शब सिस्नेरीमा फेला परेको प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले पुष्टि गरेका छन् । 

उनले ट्वीट गर्दै जुत्ता किनारमा छाडेर सोमबार काठमाडौंको बल्खु खोलामा हाम्फालेका पत्रकार बलराम बानियाँको शव सिस्नेरीमा फेला परेको जनाएका छन् । 

Advertisement

विशेषगरी राजनीति र पछिल्लो समयमा आर्थिक विषयमा समेत कलम चलाउँदै आएका बानियाँ इमान्दार र खरो पत्रकारका रुपमा चिनिन्छन् । प्रशासनयन्त्रमा उनको राम्रो पहुँच भएकाले भ्रष्टाचारसम्वन्धी खोजमूलक समाचार लेखनमा अब्बल रहँदै आएका थिए । 

उनले लेखेको चीनले नेपालको सीमा मिचेको सम्वन्धी समाचार गत असार १० गते कान्तिपुरमा प्रकाशित भएसँगै स्रोत गलत ठहरिएपछि उनलाई बिदामा बस्न भनिएको थियो । त्यसपछि निकै मानसिक तनावमा रहेका बानिया मदिरा सेवन भने अत्यधिक गर्थे । 

मदिरा सेवन गरेको अवस्थामा खोलामा हाम्फालेको जनाइएका उनलाई बचाउनका निम्ति प्रत्यक्षदर्शीले डोरी र बाँससमेत दिएको तर, उनले ती दुबै चिजको प्रयोग गर्न नगरेको वा गर्न नसकेको जनाइएको छ । 

प्रहरीको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार विहान हेटौंडाको खोलामा उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा पुर्याइएको छ ।

Advertisement

Advertisement