काँग्रेसको वित्तिय तथा सहकारी विभागको सचिवमा सुरेन्द्र  भण्डारी मनोनित

Advertisement

ललितपुर । पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी नेपाली कांग्रेसको वित्तिय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा मनोनित भएका छन् । 

काँग्रेस सभापति शेरबहादुर देउवाले विभिन्न विभागहरु गठन गर्ने क्रममा भण्डारी पनि मनोनित हुन सफल भएका हु्न । दुई दशकदेखि सहकारी क्षेत्रमा सक्रिय उनको लामो समयसम्मको योगदानलाई कदर गर्दै सचिवमा मनोनित गरिएको काँग्रेसले जनाएको छ । 

Advertisement

भण्डारीसहित २५ संस्थापक सदस्यले स्थापना गरेको लालीगुँरास सहकारी अहिले देशकै उत्कृष्ठ सहकारीको रुपमा पहिचान बनाउन सफल भएको छ । हाल सो संस्थामा करिब २१ हजार शेयर सदस्य छन् ।  

सो सहकारीको लागानीमा लालीगुराँस राष्ट्रिय माध्यमिक विद्यालय, लालीगुराँस अस्पताल, भैरबकुण्ड हाइड्रोपावर र लालीगुराँस दुग्ध प्रसोधन उद्योग सञ्चालित छन् । 
राष्ट्रिय सहकारी महासंघको केन्द्रीय समितिमा समेत रहेर काम गरिसकेका भण्डारी अहिले बहुउद्देश्यीय सहकारी केन्द्रीय संघको समेत छन् । उनले आफ्नो मनोनयनलाई सहीरुपमा अघि बढाउँदै सहकारी र बित्तिय संस्थाको विकासमा अथकरुपमा लागिरहने बताएका छन् । भण्डारीले आफ्नो विभागलाई सुदृढ र गतिशील बनाउँदै सहकारी क्षेत्रको विकास र यस क्षेत्रका समस्या न्यूनीकरण गर्न आफू लाग्ने बताएका छन् । 

हाल मुलुकभर करिब ३३ हजार सहकारी सञ्चालित छन् । 
 

Advertisement

Advertisement