सिटिजन्स बैंकको नाफा एक अर्ब ११ करोड, वितरण गर्न मिल्ने ८२ करोड

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७६।७७ मा एक अर्ब ११ करोड नाफा आर्जन गरेको छ । बैंकले २०७५।७६ मा त्यस्तो नाफा एक अर्ब ४६ करोड रुपैयाँ आर्जन गरेको थियो । कोरोना महामारीका कारण सिटिजन्स बैंकको नाफामा ३५ करोड अर्थात २३.९७ प्रतिशतले कमी आएको हो । 

बैंकको वितरण योग्य नाफा भने ८२ करोड रुपैयाँ रहेको छ । सिटिजन्सले गत आवमा ८८ अर्ब निक्षेप संकलन गरेर ७८ अर्ब कर्जा लगानी लगानी गरेको छ । बैंकले २ अर्ब ८८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ ।

९ अर्ब ८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आमदनी भने १२.९२ रुपैयाँ रहेको छ । बैंकले स्प्रेड दर ४.०३ प्रतिशत रहँदा कस्ट अफ फण्ड ७.१९ प्रतिशत रहेको छ । आधार ब्याजदर १०.५२ प्रतिशत रहँदा सीडी रेसियो ७६.७९ प्रतिशत छ । 
 

Advertisement

Advertisement

Advertisement