सुनको मूल्य फेरि उकालो, प्रतितोला २ हजार ४ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौँ । साताको पहिलो दिन आइतबारदेखि लगातार ओरालो लागेको सुनको मूल्यमा हिजो भारी गिरावट आए पनि आज पुनः बढेको छ । हिजो एकैदिन प्रतितोला ६ हजार २ सय रुपियाँ घटेको सुनको मूल्य आज पुनः प्रतितोला २ हजार ४ सय रुपियाँ बढेको छ ।  

त्यसैगरी चाँदी पनि आज प्रतितोला ८५ रुपियाँ बढेको छ । चाँदी हिजो एकै दिन प्रतितोला २२५ रुपियाँ घटेको थियो ।  

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपियाँ,  तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ९५ रुपियाँमा निर्धारण गरिएको छ । 

हिजो भने छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपियाँ,  तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपियाँ र चाँदी  प्रतितोला एक हजार २ सय १० रुपियाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा हिजो सुनको मूल्य घटेकोले र आज बढेकाले त्यसैको प्रभाव नेपाली बजारमा समेत देखिएको महासंघले जनाएको छ । 

Advertisement

Advertisement