सबै एनजीओ/आईएनजीओलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन परिषद्को निर्देशन

Advertisement

काठमाडौँ ।  समाज कल्याण परिषद्ले सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(एनजीओ/आईएनजीओ) लाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन निर्देशन दिएको छ । 

परिषद्ले साउन २६ गचे अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै सबै एनजीओ/आइएनजीओलाई कोषमा सूचीकृत हुन निर्देशन दिएको हो । 

Advertisement

श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा संस्था तथा कर्मचारी सूचीकरण गराउनु अनिवार्य रहेको छ । 
 

Advertisement

Advertisement