सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एशिया लघुवित्तबीच सम्झौता

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ । सम्झौताअनुसार अब सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एनआईसी एशिया लघुवित्तका शाखाहरुबाट पनि हुने भएको छ । 

एनआईसी एशियाका देशभर १०५ लघुवित्तका शाखाहरु रहेका छन् । उक्त शाखाहरुमार्फत सिटी एक्सप्रेसका आन्तरिक तथा अन्तर्राष्ट्रिय कारोबारहरुको भुक्तानी हुने जनाइएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले हस्ताक्षर गरे । 

Advertisement

सिटी एक्सप्रेसले बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया,अष्ट्रलिया, आदि थुप्रै देशबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका आठ हजार पाँच सयभन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्ष्ति तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
     
 

Advertisement

Advertisement