ग्लोकल आफ्टर स्कुलद्वारा दक्षिण एसियाली युवा महोत्सव २०२० को आयोजना

Advertisement

काठमाडौं । ग्लोकल आफ्टर स्कुल, ९ग्लोकल प्रा.लि को एक अङ्ग० शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्थाले दक्षिण एशियाली युवा महोत्सव २०२० आयोजना गरेको छ । 

बिगत लामो समय देखि युवा बर्गहरुको सीप विकास गर्न  र आफ्नो रुची भएको बिषयमा पोख्त हुन बिभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ । ग्लोकलले एक अत्यन्त सकारातमक सोच लिएर युवाहरुमा कौशल विकासका लागि काम गर्दै आएको संस्था हो र अगस्ट १२ गते अन्तराष्ट्रिय युवा दिवसलाई लक्षित गरेर दक्षिण एसियाली युवा महोत्सव २०२० आयोजनाको गरिएको हो । 

Advertisement

यो ३ हप्ते लामो महोत्सव अगस्ट १२ गते सुरु हुनेछ भने उक्त महोत्सव बिभिन्न प्रतियोगिताका बिजेताहरुको घोषणासँगै सेप्टेम्बर ३ तारिकका दिन समापन हुनेछ । सहभागिताका लागि आबेदन भने १२ अगस्ट २०२० वाटै शुरु भएको छ । यो कार्यक्रम बिभिन्न दक्षिण एशियाली संस्थाहरुको समयोजनमा गर्न लागिएको हो । 

यो ३ हप्ते लामो लामो अन्लाईन कार्यक्रमका बिभिन्न बिशेषताहरु छन् ।  यस महोत्सव अन्तर्गत सहभागीले बिभिन्न सिप आधारीत कुशल कार्यशाला, रचनात्मक प्रतिस्पर्धा एवम प्यानल छलफल जस्ता बिभिन्न गतिबिधीहरुमा निःशुुल्क भाग लिन पाउने छन् ।  यस महोत्सबमा दक्षिण एसियाली देशहरूबाट १४(२४ बर्ष  उमेरका युवाहरू भाग लिन पाउने छन् र उनीहरूलाई मनपर्दो गतिविधिहरूको लागि दर्ता गर्न प्रोत्साहित गरिएको छ ।

दक्षिण एसियाली युवा महोत्सव २०२० दक्षिण एसियाली देशका युवाहरूलाई जम्मा गर्न, उनीहरूसँग जोड्न, साझेदारी गर्न र उनीहरूको दृष्टिकोण जान्न र यी समूहहरू बीचको बलियो सम्बन्धलाई अभिव्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको हो । महोत्सव अनलाईन मार्फत भइरहेको छ ।

महोत्सवको सुरुवात दक्षिण एसियाली देशहरूका सरकार, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिनिधि र प्रेरणादायक युवाहरूको ओपनिंग प्यानेलबाट भएको थियो । महोत्सवमा युवा अवस्था, चुनौतीहरू, दक्षिण एसियाली स्तरमा अवसरहरूको अवलोकन गर्न प्यानल छलफलहरूको श्रृंखला राखिएको छ । साथै, देश विशेष छलफल जहाँ एसियाली देशका युवाहरू एक साथ आउनेछन् र युवा संलग्नता सीप तथा कौशलताका बिभिन्न आयमहरु सम्बन्धित विषयमा छलफल हुनेछ ।

यी प्यानल युवा क्षेत्रको अवरोध र दक्षिण एशियाली परिप्रेक्ष्यमा समाधानहरूको बारेमा छलफल गर्नका लागि उद्देश्य राखेर आयोजना गर्न लागिएको हो । प्रतियोगितामा क्रिएटिभ लेखन प्रतिस्पर्धा, चित्रकला प्रतियोगिता र भिडियो बनाउने प्रतियोगिताहरू छन्, जुन दक्षिण एशियाली  देशहरूको युवाहरूका  लागि खुला  गरिएको छ । यी प्रतिस्पर्धाले उनीहरूको सीप प्रदर्शन गर्ने अवसर मात्र दिदैन, तर दक्षिण एसियाली क्षेत्रमा विभिन्न क्षेत्रको विकासको दायराका रूपमा सकरात्मक सन्देश फैलाउने मञ्च पनि प्रदान गर्ने ग्लोकल प्रालिकी सुशिला श्रेष्ठले बताइन् । 

Advertisement

Advertisement