राष्ट्रिय बाणिज्य बैंकको नाफा साढे चार अर्ब, एक नम्बरमा को ?

Advertisement

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको नाफा ४ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ । यद्यपी यो नाफा बैंकले आव २०७५÷७६ मा आर्जन गरेको भन्दा ५९ करोड अर्थात ११.७० प्रतिशतले कम हो । यद्यपी हालसम्म गत आव २०७६/७७ को अपरिस्कृत त्रैमासिक वित्तिय विवरण सार्वजनिक गर्ने बाणिज्य बैंकहरुमध्ये धेरै नाफा कमाउने बैंकमा भने कायमै रहेको छ । 

बैंकको वितरण योग्य नाफा भने एक अर्ब ३ करोड रुपैयाँ रहेको छ । बैंकले दुई खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ५० अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ३१ रुपैयाँ आर्जन गरेको छ । ९ अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ८ करोड रुपैयाँ रहेको छ । 
बैंकको प्रति सेयर आम्दानी ४९.४५ प्रतिशत रहेको छ । 

Advertisement

राष्ट्रिय बाणिज्य बैंकको स्प्रेड दर ४.२६ प्रतिशत छ भने आधार ब्याजदर ५.८० प्रतिशत छ । सीडी रेसियो ६२.४८ प्रतिशत छ भने कस्ट अफ फण्ड ३.६९  प्रतिशत मात्रै छ । बैंकको खराब कर्जा भने ४.०८ प्रतिशत छ ।

Advertisement

Advertisement