कुमारी बैंकको नाफा १२२ करोड, ७१ करोडको लाभांश क्षमता

Advertisement

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब २२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यद्यपी बैंकले आव २०७५।७६ मा एक अर्ब २३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा ७१ करोड रुपैयाँ कायम भएको छ । 

१२ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ८२ करोड रुपैयाँ रहेको छ । कुमारीले गत आर्थिक वर्षमा एक खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी तीन अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । 

Advertisement

कुमारीको प्रति सेयर आम्दानी १२.७७ रुपैयाँ रहेको छ । बैंकको स्प्रेड दर ४.०७ प्रतिशत रहँदा आधार ब्याजदर १०.०८ प्रतिशत छ । सीडी रेसियो ७८.३२ प्रतिशत रहँदा कस्ट अफ फण्ड ८.३५ प्रतिशत छ । बैंकको खराब कर्जा भने १.४१ प्रतिशत मात्रै छ ।

Advertisement

Advertisement