एनएमबि बैंकले कमायो २२७ करोड, लाभांश कति ?

Advertisement

काठमाडौं । एनएमबि बैंकले दुई अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले आर्थिक वर्ष २०७६।७७ मा आफ्नो नाफा २ करोड रुपैयाँले वृद्धि गर्न सफल भएको हो । 

बैंकले आव २०७५/७६ मा दुई अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । एनएमबिको वितरण योग्य नाफा भने एक अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
 
बैंकले गत आवमा एक खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले निक्षेपलाई ९७ अर्बबाट एक खर्ब ३१ अब बनाएको हो भने कर्जालाई ८८ अर्बबाट बढाएर एक खर्ब १५ अर्ब पुर्याएको हो ।

Advertisement

बैंकले गत आवमा खुद ब्याज आम्दानी भने ५ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको देखिन्छ । १३ अर्ब ९५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १६.७३ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १४९.५७ रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा २.६८ प्रतिशत छ भने सीडी रेसियो ७२.६८ प्रतिशत छ । स्प्रेड दर ४.०५ प्रतिशत रहँदा आधार ब्याजदर ८.९५ प्रतिशत छ । बैंकको कस्ट अफ फण्ड भने ६.९९ प्रतिशत कायम छ ।

Advertisement

Advertisement