एभरेष्ट बैंकको नाफा २४९ करोड, यस्ता छन् अरु सूचक

Advertisement

काठमाडौं । एभरेष्ट बैंकले कोरोना महामारीलाई छिचोल्दै गत वर्ष दुई अर्ब ४९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यद्यपी यो नाफा बैंकले आर्थिक वर्ष २०७५/७६ मा गरेको भन्दा ५६ करोडले कम अर्थात १८.३६ प्रतिशतले घटेको हो । बैंकले सो आवमा तीन अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । 

बैंकको वितरण योग्य नाफा भने एक अर्ब ६७ करोड रुपैयाँ रहेको छ । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा एक खर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले २०७५/७५ मा निक्षेप एक खर्ब २९ अर्ब र कर्जा लगानी एक खर्ब ४ अर्ब कायम गरेको थियो । 

Advertisement

एभरेष्टको खुद ब्याज आम्दानी पाँच अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ जबकी आव २०७५/७६ मा त्यस्तो आम्दानी ५ अर्ब ६९ करोड रुपैयाँ थियो । ८ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब १४ करोड रुपैयाँ जम्मा भएको छ । बैंकको प्रति सेयर आम्दानी ३१.१५ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २१९.८४ रुपैयाँ रहेको छ । 

एभरेष्टको स्प्रेड दर ३.५९ प्रतिशत छ भने आधार ब्याजदर ८.०५ प्रतिशत छ । सीडी रेसियो ६८.५७ प्रतिशत रहँदा कस्ट अफ फण्ड ६.११ प्रतिशत छ । बैंकको खराब कर्जा भने ०.२२ प्रतिशत कायम छ ।

Advertisement

Advertisement