हिमालयन बैंकको नाफा २५४ करोड, लगानीकर्तालाई १३० करोेडको लाभांश

Advertisement

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा दुई अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा भन्दा २२ करोड अर्थात ७.९७ प्रतिशतले कम नाफा आर्जन गरेको हो । सो आवमा बैंकका नाफा दुई अर्ब ७६ करोड रुपैयाँ थियो । 

हिमालयनको वितरण योग्य नाफा भने एक अर्ब ३० करोड रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षमा एक खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब एक अर्ब रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ । बैंकले सो अवधीमा खुद ब्याज आम्दानी चार अर्ब ७५ करोड रुपैयाँ गरेको छ जुन अघिल्लो आवमा पाँच अर्ब ३ करोड रुपैयाँ थियो । 

Advertisement

९ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा पाँच अर्ब ५५ करोड रुपैयाँ छ । बैंकको प्रति सेयर आम्दानी २७.१३ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १८७.२० रुपैयाँ छ । हिमालयनको आधार ब्याजदर .३ प्रतिशत रहँदा स्प्रेड दर ३.७७ प्रतिशत कायम छ । कस्ट अफ फण्ड ६.१८ प्रतिशत रहँदा सीडी रेसियो ६६.८५ प्रतिशत कायम छ ।

Advertisement

Advertisement