सनराइज बैंकको नाफा १३९ करोड, अरु सूचक कस्ता ?

Advertisement

काठमाडौं । चरम आन्तरिक किचलोका बीच सनराइज बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यद्यपी यो नाफा अघिल्लो आव २०७५/७६ को भन्दा ३१ करोड रुपैयाँ(१८.२३) प्रतिशतले कम हो । 

सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतबीचको विवाद छताछुल्ल भएको बैंकको वितरण योग्य नाफा भने ५२ करोड रुपैयाँ रहेको छ ।

Advertisement

बैंकले गत आर्थिक वर्षमा ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । आव २०७५/७६ मा त्यस्तो निक्षेप जम्मा ७५ अर्ब मात्रै थियो । त्यस्तै, बैंकले कर्जा पनि ६८ अर्बबाट बढेर ८१ अर्ब पुगेको छ । बैंकले गत आवमा ३ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको देखिन्छ ।
 
८ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १५.५३ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १५०.८६ रुपैयाँ रहेको छ । 

बैंकको स्प्रेड दर ४.३७ प्रतिशत, आधार ब्याजदर ८.९५ प्रतिशत र कस्ट अफ फण्ड ६.५५ प्रतिशत छ । खराब कर्जा १.८६ प्रतिशत रहेको बैंकको सीडी रेसियो भने ७१.३० प्रतिशत छ ।

Advertisement

Advertisement