सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ बढ्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । साताको ३ दिन लगातार ओरालो लागेको सुनको मूल्य हिजादेखि पुन उकालो लागेको छ । आज सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला ६० रुपियाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपियाँ,  तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५५ रुपियाँमा निर्धारण गरिएको छ । 

Advertisement

हिजो भने छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपियाँ,  तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ९५ रुपियाँमा निर्धारण गरिएको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसैको प्रभाव नेपाली बजारमा समेत देखिएको महासंघले जनाएको छ । 

Advertisement

Advertisement