पटक पटक वार्ता गर्दा पनि ओली र प्रचण्डबीच कुरा नमिलेपछि कार्यदल गठन, संयोजक बिष्णु पौडेल

Advertisement

काठमाडौं । पटक पटक वार्ता गर्दा पनि दुई अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुरा नमिलेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद समाधानका लागि भन्दै कार्यदल गठन गरिएको छ । 

कार्यदलको संयोजकमा सो पार्टीका महासचिव विष्णु पौडेल छन् । छ सदस्यीय कार्यदलमा  भीम रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् । 

Advertisement

शुक्रबार बिहान सवा ११ बजेदेखि बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि कार्यदल गठन गरिएको हो ।

कार्यदलले पार्टीका आन्तरिक समस्याको समाधानका लागि गृहकार्य गरी सुझाव प्रस्तुत गर्नेछ। नेकपाभित्र सत्ता संघर्ष चर्किएको बेला ओली र प्रचण्डबीच दर्जनौ पटक घण्टौं लामा वार्ता हुने गरेका थिए । तर, ओलीले आफ्नो अडान नछोड्दा वार्ता बिना निष्कर्ष टुँगिने गरेको थियो । बिहीबार पनि अध्यक्षद्वयबीच करिब चार घण्टा लामो वार्ता भएको थियो।

Advertisement

Advertisement