नेपाल बंगलादेश बैंकको नाफा १२४ करोड, लगानीकर्तालाई ४४ करोडको प्रतिफल

Advertisement

काठमाडौं । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्ष २०७६।७७ मा एक अर्ब २४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आव २०७५।७६ मा आर्जन गरेको भन्दा ३४ करोड कम नाफा कमाएको हो । एनबी बैंकले सो आवमा एक अर्ब ५८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको वितरण योग्य नाफा भने ४४ करोड रुपैयाँ रहेको छ । ८ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले आफ्ना लगानीकर्ताहरुलाई ५.१८ प्रतिशत मात्रै लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा चार अर्ब १२ करोड रुपैयाँ रहेको छ ।  नेपाल बंगलादेश बैंकले गत आवमा ६६ अर्ब निक्षेप संकलन गरेर ५८ अर्ब कर्जा लगानी गरेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ८४ करोड रुपैयाँ छ । जुन अघिल्लो पटक दुई अर्ब ९० करोड रुपैयाँ थियो । 

बैंकको प्रति सेयर आम्दानी १५.०१ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १५४.१५ रुपैयाँ रहेको छ । बैंकको स्प्रेड दर ४.३२ प्रतिशत, आधार ब्याजदर ८.६२ प्रतिशत र कस्ट अफ फण्ड ६.३७ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा २.८९ प्रतिशत रहँदा सीडी रेसियो भने ६९.७१ प्रतिशत छ । 
 

Advertisement

Advertisement

Advertisement