प्रहरी कल्याण कोष पेट्रोल पम्पमा कार्यरत असई पक्राउ, एक करोड ९ लाख हिनामिना

Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) दिलीप कार्कीलाई पक्राउ गरेको छ । 

कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष ०७४/७५ र आव ०७५/७६ मा रु एक करोड आठ लाख ९९ हजार १८४ रकम हिनामिना गरेको अभियोग लागेको छ । प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित बिहीबार आयोगमा जानकारी आएकाले कार्कीलाई पक्राउ गरिएको हो । 

Advertisement

आयोगका प्रवक्ता तारानाथ अधिकारीले आरोपी कार्कीको अनुसन्धान भइरहेको छ । 

Advertisement

Advertisement