ग्लोबल आइएमई बैंकको सीईओमा रत्नराज बज्राचार्य नियुक्त

Advertisement

कठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले बज्राचार्यलाई सिइओ नियुक्त गरेको अध्यक्ष चन्द्र प्रसाद ढकालले कर्पाेरेट नेपाललाई जानकारी दिए ।  बज्राचार्यले भदौ १ गतेदेखि कार्यभार सम्हाल्नेछन् । 

चार वर्षे कार्यकाल पूरा गरेर सनराइज बैंकबाट बाहिरिएपछि बज्राचार्य फुर्सदमा थिए । चाटर्ड एकाउन्टेन्ट समेत रहेका बज्राचार्यले यस अघि एनसिसी बैंकको व्यवस्थापकिय नेतृत्व समेत सम्हालिसकेका छन् । उनी दोश्रो पटक ग्लोबल आइएमई बैंकमा सिइओ बन्दै प्रवेश गर्न लागेका हुन् । उनीसँग नेपाल राष्ट्र बैंकमा २० बर्ष काम गरेको अनुभव पनि छ । 
 

Advertisement

Advertisement

Advertisement