सुनचाँदीको मूल्य आज पनि घट्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौँ । भदौ महिनाको पहिलो दिन आज सुनचाँदीको मूल्य घटेको छ । साताको पहिलो दिन हिजोबाट नै सुनचाँदीको मूल्य घट्न थालेको हो । आज सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । हिजो पनि सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ३० रुपियाँ घटेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपियाँ,  तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपियाँमा निर्धारण गरिएको छ ।

Advertisement

हिजो छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपियाँ,  तेजावी सुन प्रतितोला ९७ हजार ९ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपियाँमा कारोबार भएको थियो । 

गत साताको अन्तिम दिन शुक्रबार भने छापावाल सुन प्रतितोला ९८ हजार ६ सय रुपियाँ,  तेजावी सुन प्रतितोला ९८ हजार १ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपियाँमा कारोबार भएको थियो । 

Advertisement

Advertisement