एलजीको एआई डीडी मोटर भएको भिभाचे सिरिज वासिङ मेसिन नेपाली बजारमा

Advertisement

काठमाडौं । एलजी एआई डीडी मोटर भएको भिभाचे सिरिजको वासिङ मेसिन नेपाली बजारमा आएको छ । यस वासिङ मेसिनमा एआई डीडी जस्ता लेटेस्ट प्रविधि रहेको, जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउने र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउने जनाइएको छ ।

एआई डीडी वासिङ मेसिनले ‘बिग डाटा विथ डीप लर्निङ’ उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले एलजीको नेपालको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इम्पेक्सले जनाएको छ । यस वासिङ मेसिनमा स्टिम प्लस प्रविधि रहेको, जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९ दशमलव ९ प्रतिशत किटाणु नष्ट गर्ने कम्पनीको दावी छ । 

Advertisement

यसले हाइजेनिक वास दिनुका साथै ३० प्रतिशत कपडालाई खुम्चिनबाट बचाउँछ । टुर्बो वास ३६० डिग्री र फोर हाइस्पिड स्प्रे नोजल विथ इन्भर्टर पम्प टेक्नोलोजी रहेको यस मेसिनले उच्च र कम गति आवश्यकताअनुसार पानीका फोहोरा फाल्ने जनाइएको छ । ३९ मिनेटमा वास साइकल पूरा गर्ने यस वासिङ मेशिनले विजुली र समयको बचत गर्ने सिजी इम्पेक्सले जनाएको छ । 

यसमा मिसालाइड सय प्रतिशत स्ट्यानलेस स्टिल लिफ्टर रहेको छ जसले कपडाहरुमा रहेको किटाणु नष्ट गरि हाईजेनिक र कपडा गनाउन दिँदैन् । यसमा टेम्पर ग्लास डोर रहेको छ । यो डोरमा स्क्राच नलाग्ने स्थायित्व प्रतिरोधि हुनुका साथै इलेजेन्ट डिजाइन, वास साइकल छनोट गर्ने आकर्षक मेटालिक नब र बिग एलईडी डिस्प्ले रहेको छ । 

कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सरको मद्दतले रिन्ज र स्पिनको बेलामा मेसिनलाई  स्थिर, लो–नोइज र कम्पन मुक्त गर्ने सिजी इम्पेक्सको भनाई छ । 
 

Advertisement

Advertisement