राजश्व छल्ने ६ जना व्यापारी विरुद्ध ६ करोड ३८ लाखको मुद्दा

Advertisement

काठमाडौं । राजश्व छल्ने ६ जना व्यापारी विरुद्ध ६ करोड ३८ लाख रुपैयाँको मुद्दा दायर भएको छ । भारतबाट ट्रकमा फल्स बटम बनाई समान ल्याएर राजश्व छल्ने रजनिश कुमार गुप्ता, राजेन्द्र थापा, सुनिल कुमार, रञ्जित कुमार गुप्ता, सिर्जन शर्मा र राजेन्द्र प्रसाद गुप्ता विरुद्ध उच्च अदालत पाटनमा मुद्धा हालेको हो । 

उनीहरुले ट्रकमा फल्स बटम बनाएर भारतबाट अबैध रुपमा कपडा नेपाल भित्र्याएर कारोबार गर्दै आएका थिए । उनीहरुलाई तीन करोड १९ लाख ७७ हजार तीन सय ७२ रुपैयाँ विगो र सोही बमोजिमको जरिवाना दावी गरेर मुद्धा हालिएको हो । उनीहरुमध्ये केहि भारतीय नागरिक हुन भने केहि नेपाली नागरिक छन् । 

ट्रकमा फल्स बटम बनाएर अबैध रुपमा कपडा ल्याएर राजश्व छलेको भन्दै विभागले अनुसन्धान गरेको थियो । सोही अनुसन्धानका क्रममा प्राप्त प्रमाणहरुका आधारमा विभागले अदालतमा मुद्धा दायर गरेको जनाएको छ । 

Advertisement

Advertisement

Advertisement