बैंकहरुले आवश्यकताअनुसार थप शाखा खोल्नसक्ने

Advertisement

काठमाडौं । राष्ट्र बैंकले सोमबारबाट काठमाडौं उपत्यकामा थप शाखा खोल्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले ५० जना कर्मचारीबाट आवश्यकताअनुसार कर्पोरेट अफिससहित शाखाहरु खोल्न भनेको छ । 

पचास कर्मचारीबाट जति शाखाहरु खोल्न संभव छ, त्यति खोल्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसअघि उपत्यकाका तीन जिल्लामा एक एक शाखा र कर्पोरेट अफिस गरि चार शाखा खोल्न दिइएको थियो । सोमबारबाट थप शाखाहरु खुल्ने भएका हुन् । 

Advertisement

विभिन्न कम्पनीहरुको सेयर आवेदन भर्नेहरुको संख्या धेरै भएपछि बैंकहरुको अनुरोधमा राष्ट्र बैंकले थप शाखा खोल्न दिएको हो । राष्ट्र बैंकको उक्त सर्कुलर प्रहरीलाई समेत गरिसकिएको जनाइएको छ । 

Advertisement

Advertisement