सहकारी बैंकले ऋणको ब्याजदर एकल अंकमा झार्यो

Advertisement

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले ऋणको ब्याजदर एकल अंकमा झारेको छ । आफ्ना सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज एकल अंकमा झारेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

बैंकले भदौ १० गतेदेखि लागू हुने गरी ब्याजदर परिवर्तन गरेको हो । बैंकले न्यूनतम साढे ६ प्रतिशतदेखि बढीमा साढे १० प्रतिशतसम्मको ब्याजदर कायम गरेको छ । बैंकका अधिकांश कर्जाको ब्याजदर एकल अंकमा झारिएको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । 

Advertisement

कृषि तथा कृषि परियोजना कर्जामा साढे ६ प्रतिशतदेखि ९ दशमलव २५ सम्म तथा परियोजना कर्जामा ६ दशमलव ७५ देखि ९ दशमलव ९९ सम्म कायम भएको बैंकले जनाएको छ । बैंकले सदस्य सहकारी संघ संस्थाहरुलाई प्रदान गर्ने कर्जामा सबै भन्दा बढी दीगो सहकारी कर्जा र चालु पूँजि कर्जामा साढे १० प्रतिशत कायम गरिएको छ ।     

बैंकले आवधिक कर्जामा ८ देखि १० दशमलव २५, हायर पर्चेज कर्जामा ९ दशमलवव ९९ तथा लघु कर्जामा ९ देखि १० दशमलव २५ प्रतिशत ब्याज कायम गरेको छ । बैंकले सदस्यहरुमार्फत लिने निक्षेपमा साढे २ प्रतिशतदेखि ७ प्रतिशतसम्म कामय गरिएको प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए । 

बैंकले कोरोनाका कारण सरकारले जारी लकडाउनअन्तर्गत चैतदेखि जेठसम्मको ब्याजमा १० प्रतिशत छुट दिएको थियो । असार गतेदेखि कर्जा २ प्रतिशत ब्याज कम गरेको बैंकले यस पटक थप ब्याज परिवर्तन गरेको हो । 
 

Advertisement

Advertisement