उपत्यकामा बैंकहरुको २० प्रतिशत शाखा खुले, आवश्यकता अनुसार खोल्न अनुमति

Advertisement

काठमाडौं । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले एक साता निषेधाज्ञा बढाउँदै केहि सेवाहरु सञ्चालनमा सहजता थपिदिए पछि नेपाल राष्ट्र बैंकले आवश्यकता अनुसार शाखा खोल्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । 

राष्ट्र बैंकको नियमन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक देव कुमार ढकालले आवश्यकता अनुसार शाखा खोल्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको बताए । ‘कर्मचारी र सेवाग्राहीलाई संक्रमणको जोखिम नहुने गरि आवश्यकता अनुसार शाखा खोल्न बैंक तथा वित्तिय संस्थाहरुलाई मौखिक निर्देशन दिएका छौं’, कार्यकारी निर्देशक ढकालले कर्पाेरेट नेपालसँग भने । 

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले नेपाल राष्ट्र बैंकसँगको समन्वयमा कर्मचारीको संख्या एक तिहाई नबढ्ने गरि बैंकका शाखा खोल्न पाउने व्यवस्था गरिदिएको छ । उपत्यकाका तीन जिल्लामा भदौ २४ गतेसम्म निषेधाज्ञा लागु गरिएको छ । 
|
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले उपत्यकामा २० प्रतिशत शाखा खोल्ने सहमति भएको बताए । ‘एक तिहाई कर्मचारीबाट आवश्यकता अनुसार शाखा खोल्न पाइने भनिएको छ, हामीले उपत्यकामा २० प्रतिशत शाखाहरु खोल्ने समझदारी गरेका छौं, आजबाट पहिले भन्दा धेरै शाखाहरु खुलेका छन्’, दाहालले भने । 

उनले एउटा बाणिज्य बैंकले अधिकतम एक सय जना कर्मचारी परिचालन गरेर उपत्यकाका तीन जील्लाहरुमा सेवा दिईरहेको जानकारी पनि दिए । यस अघि ५० जना कर्मचारीहरुबाट सेवा प्रवाह गर्नुपर्ने समझदारी बनेको थियो । सिमित शाखाहरु मात्रै खोल्दा सेवाग्राहीको भिडभाडका कारण संक्रमणको जोखिम बढ्ने देखिएकाले शाखा संख्या थप्ने निर्णय उपयुक्त भएको पनि बताए । 
 

Advertisement

Advertisement

Advertisement