पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता, उत्कृष्ठलाई २० हजार पुरस्कार

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले पुँजी बजार सम्बन्धी निबन्ध लेखन प्रतियोगीता आयोजना गरेको छ ।    विश्व लगानीकर्ता सप्ताह २०२० का अवसरमा कर्मचारी युनियनले पुँजी बजार सम्बन्धी निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितमा स्नातकोत्तर र एमफिल(दर्शनाचार्य)सम्म अध्ययन गरिरहेका विद्यार्थीहरुले बिभिन्न ६ वटा शिर्षकमध्ये एकमा निबन्ध लेख्नुपर्नेछ ।

देशको द्रुततर विकासमा पुँजी बजारको भूमिका, पुँजी बजार मार्फत महिला शसक्तिकरण, वित्तिय साक्षरता र पुँजी बजार, पुँजी बजार, सेवा प्रवाह र संस्थागत सुशासन, प्रभावकारी पुँजी बजारका लागि सूचना प्रविधि र कोभिड १९ र अबको पुँजी बजार शिर्षक दिईएको छ । बढीमा ४ हजार शब्द नहुने गरि असोज १४ गतेभित्र इमेल मार्फत पठाउनुपर्नेछ । 

प्रथम हुनेलाई २० हजार, दोश्रो र तेश्रो हुनेलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ पुरस्कार तथा सम्मान पत्र प्रदान गरिनेछ । त्यस्तै, अन्य ३ जनालाई प्रोत्साहनसहित ५ हजार नगद र सम्मान पत्र उपलब्ध गराइनेछ ।  उत्कृष्ठ ठहरिएका लेखहरु समेटेर युनियनले पुस्तक प्रकाशन गर्ने पनि जनाएको छ । 

Advertisement

Advertisement

Advertisement