एनसेलले ल्यायो ‘नन्स्टप’ अफरः युट्युब, टिकटक र फेसबुक नन्स्टप चलाउन सकिने

Advertisement

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना फोरजी ग्राहकका लागि नयाँ योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको नन्स्टप मजा लिनसक्ने कम्पनीले जनाएको छ । साथै, बोनस डेटाको फाइदा पनि लिन सकिने छ । कम्पनीले आफ्नो हाल संचालनमा रहेको नन्स्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको हो । 

‘प्लस’ थिम अन्तर्गत ल्याइएका यी ननस्टप अफरहरु बिहीबारदेखि संचालनमा आएका छन् । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ । 

Advertisement

यस योजनामा ग्राहकले आफूलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरेपछि त्यस प्याकको समयसिमा बाँकी भएसम्म नन्स्टप मजा लिन सक्नेछन् । जस्तै, यदि कुनै ग्राहकले ७ दिनको नन्स्टप टिकटक प्याक रु १०० (करसहित रु १२७.६९) मा सुचारु गरेमा ग्राहकले एक हप्ताभरी टिकटकको नन्स्टप मजा लिन सक्नेछन् । यति मात्र नभई, यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । 

युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि नन्स्टप युट्युब प्याक पनि रहेको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार मात्र रु २५ (करसहित ३१.९२) मा १ दिनको समयसिमा रहेको यो प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले ४ जीबी बोनस डेटा सहितको ७ दिनको समयसिमा रहेको  युट्युब वा फेसबुकको कम्बो प्याक मात्र रु १५० (कर सहित रु १९१.५४) मा सुचारु गर्न सक्छन् । साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटा सहितको नन्स्टप युट्युब प्याक रु ३६० (कर सहित ४५९.६८) मा खरिद गर्न सक्छन् । बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न सक्छन् ।

सात दिन वा ३० दिनको नन्स्टप प्याक खरिद गर्ने ग्राहकका लागि विशेष थप योजना पनि रहेको कम्पनीले जनाएको छ । ग्राहकले उल्लेखित नन्स्टप प्याक सुचारु गरेपछि हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म मात्र रु २० (करसहित मात्र २५.५४) मा ३५०० एमबि थप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्युब चलाउनको लागि प्रयोग गर्न सक्छन् । 

एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स
१ह्यास डायल गरी नन्स्टप अफरको लागि प्राप्त निर्देशन अनुसार आफ्नो मनपर्ने प्याक सजिलै सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल बालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभुपे मार्फत पनि आफ्नो मनपर्ने प्याक सुचारु गर्न सक्नेछन् । 

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेल आजियाटाले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिम प्लस योजनाहरु ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जाने एनसेलको भनाई छ ।
 

Advertisement

Advertisement