कोरोना बीमामा निजी ल्याबको रिपोर्टले मान्यता नपाउने व्यवस्था पुरानै होः अध्यक्ष चापागाईँ

Advertisement

बीमा समितिले बैशाख ७ नै कोरोना बीमा सम्बन्धी नीति अघि सारेका थियौं । त्यसमा नै नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका ल्याबमा गरिएको परिक्षणको रिपोर्टलाई मात्रै मान्यता दिने भनेर अण्डरराइटिङको व्यवस्था गरिदिएका थियौं । 

पछि कोभिड इन्स्योरेन्स सम्बन्धी मापदण्डको परिच्छेद ३(११)मा पनि त्यहि कुरालाई स्पष्टताका साथ लेखेका छौं । त्यहाँ पनि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परिक्षणमा पोजिटिभ देखिएकाले मात्रै दावी भुक्तानी पाउनेछन् भनेर लेखेका छौं । त्यसमा स्वास्थ्य मन्त्रालयको मान्यता प्राप्त ल्याबको रिपोर्टलाई मान्यता दिने भनेकै छैनौं । अर्थात बीमा समितिले निजी ल्याबको कोरोना परिक्षण रिपोर्टलाई मान्यता नदिने भनेर कहिल्यै भनेको थिएन् । 

भोली निजी ल्याबको परिक्षण रिपोर्टका आधारमा दावी भुक्तानी दिने हो भने अनुदान दिँदा समस्या हुन्छ । अनुदान दिँदा भोली महालेखाले बेरुजु देखाइदिन्छ । त्यो बेरुजु फेरी कसले तिर्छ ? बीमितहरुले बीमा पोलिसी पनि राम्रोसँग पढ्नुपर्छ । बीमा गरेको मान्छेलाई संक्रमणको सम्भावना देखियो भने स्वास्थ्य मन्त्रालय अन्तर्गतका ल्याबबाटै परिक्षण गर्नु पर्छ ।
 
दावी गर्नेहरुले सरकारी रिपोर्ट नै ल्याउनुपर्छ । पीसीआर रिपोर्ट देखाएर मात्रै कोरोना बीमा गर्नुपर्नेहहरुले पनि सरकारी ल्याबको रिपोर्ट नै ल्याउनुपर्छ । कोरोना बीमा सम्बन्धी यस्तो अफवाह फैलाइनु हुन्न । हामीले सबै कुरा पहिले नै स्पष्ट रुपमा अघि सारिदिएकै थियौं । केहि अस्पष्टता भएकाले पुनः स्पष्ट पारिएको मात्रै हो । –बीमा समितिका अध्यक्ष चिरञ्जीवी  चापागाईँसँग गरिएको कुराकानीमा आधारित) 

Advertisement

Advertisement

Advertisement