‘सरकार ! कोरोना संक्रमित यति थपिए, यति निको भए भनेर जनतालाई नसुनाउ, काम गरेर खान देउ’

Advertisement

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले काम गरेर खानेलाई गरिखान दिन सरकारलाइ सुझाव दिएका छन् । श्रृखलावद्धरुपमा थप गरिएको निषेधाज्ञाका कारण विशेषगरी न्यून आयस्तरका मानिसहरुको दैनिकी निकै कष्टपूर्ण भएको अवस्थामा आचार्यले मानिसहरुलाई घरमा थुनेर राख्ने काम मात्रै नगर्न आग्रह गरेका छ्न् । 

ट्वीट गर्दै उनले भनेका छन्, ‘सरकार ! एउटा अनुरोध– आखिर जनताले उपचार खर्चलगायत परिआएको सबै आफै ब्यहोर्नुपर्ने तर सरकार आफैंले यति थपिए, उति निको भए र यति मरे भन्नेबाहेक जनतालाई घरमा थुने वा बाहिर छाडे पनि थप केही गर्नु पर्ने होइन भने गरिखाने मानिसहरूलाई गरिखान दिउँ। यो राजनीतिले अब काम गर्दैन, यसको अन्त्य गरौ।’

Advertisement

लकडाउन र निषेधाज्ञाका कारण जनताको दैनिक जनजीवन मात्रै नभएर उद्योग व्यवसायसमेत चौपट भएको अवस्था छ । जनतालाई रोकबाट भन्दा भोकबाट कसरी जोगाउने ? भन्नेतर्फ ध्यान दिन प्रभुद्ध वर्ग र नागरिक समाजका अगुवाहरुले आव्हान गर्दै आए पनि सरकारले पनि सजिलोका लागि निषेधाज्ञाको अवधि थप गर्दै गएको छ । 

Advertisement

Advertisement