कोरोना बीमाको सकसः बीमक र मन्त्रालयसँग छलफल जारी, आजै निष्कर्ष आउने

Advertisement

काठमाडौं । कोरोना बीमामा देखिएको अन्यौलता चिर्न बीमा समितिले बीमा कम्पनी र सम्बन्धित मन्त्रालयहरुसँग छलफल थालेको छ । बिहान बीमा कम्पनीका प्रतिनिधीहरुसँग छलफल गरेको समितिले ३ बजे अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधीसँग छलफल गर्दै छ । 

स्वास्थ्य मन्त्रालयका निकाय अन्तर्गतका निकायबाट पीसीआर परिक्षण गर्दा संक्रमण देखिएमा दावी लाग्ने व्यवस्था थियो । त्यसरी दावी गरेको ७ दिनभित्र भुक्तानी दिनुपर्ने व्यवस्था गरिएको थियो । तर यतिबेला शिक्षा मन्त्रालयका निकाय तथा केहि नगरपालिका र केहि निजी ल्याबहरुलाई पनि कोरोना परिक्षण गर्ने अनुमति दिईएको छ । स्वास्थ्य मन्त्रालयको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ४७ वटा ल्याबलाई कोरोना परिक्षणको अनुमति दिएको छ । तिमध्ये ७ वटा निजी ल्याब रहेका छन् । ति निजी ल्याबको परिक्षण रिपोर्टलाई मान्यता नदिने व्यवस्थाका कारण बीमा समिति र बीमा कम्पनीहरुको व्यापक आलोचना भैरहेको छ । 

‘कोरोना बीमामा देखिएको अन्यौलता आजै हट्छ, साँझसम्म विषय वस्तु स्पष्ट हुनेछन्’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले कर्पाेरेट नेपालसँग भने । बीमक संघका महासचिव समेत रहेक सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चङकी क्षेत्रीले बीमा समिति र मन्त्रालयहरुका बीचमा उत्पन्न दुविधाका कारण कोरोना बीमा बदनाम हुन पुगेको बताए । बीमा कम्पनीहरु दावी भुक्तानी गर्न तयारै रहेको अवस्थामा पनि बीमा समिति र अर्थ मन्त्रायत तथा स्वास्थ्य मन्त्रालयले सरकारी अनुदानको दुरुपयोग हुन सक्ने प्रशंग उठाएर कोरोना बीमामा अन्यौलता थपिदिएको बताए । 

सरकारको एउटा निकायले परिक्षणका लागि मान्यता दिने तर अर्काे निकाय(बीमा समिति)ले त्यस्तो रिपोर्टलाई नमान्ने अवस्था उत्पन्न भएको छ । उत्साहका साथ सुरु भएको कोरोना बीमालाई सरकारले नै राष्ट्र सेवक कर्मचारीहरुको बीमा गराउने घोषणा गरिदिएको थियो । 
 

Advertisement

Advertisement

Advertisement