देशबाहिर कोरोनाबाट मृत्यु हुनेको संख्या दुईसय पुग्यो, संक्रमित करिव ३५ हजार

Advertisement

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप पाँच जना नेपालीको मृत्यु भएको छ ।  

गैरआवासीय नेपाली संघका अनुसार यो साता मृत्यु भएका सबै संयुक्त अरब इमिरेट्स (युएई)का हुन् । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न  १६ देशमा  संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या दुई सय पुगेको छ ।

Advertisement

यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । संघका अनुसार जापान, अष्ट्रेलिया  कतार  लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ  ।

हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो ।

हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ९३९ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ९८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ । यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो ।  

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनपछि विदेशमा अलपत्र गरेका नेपालीहरुको उद्दार कार्यजारी रहेको संघले जनाएको छ । संघ र विदेशस्थित नेपाली नियोगहरुको संयुक्त पहलमा ५८ देशबाट ३५९ वटा फलाइटमार्फत हालसम्म ५६ हजार ७७७ जना नेपालीलाई ३० देशबाट उद्धार गरिएको छ । यस्तै विदेशमा बिभिन्न कारणले निधन भएका २९९ जना नेपालीहरुको लास नेपाल पठाएको छ ।  

Advertisement

Advertisement