लघुवित्त संस्थाहरुको संख्या धेरै, तर सेवा प्रभावकारी हुन नसकेको गभर्नरको गुनासो

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तको संख्या धेरै भए पनि सेवा प्रभावकारी हुन नसकेको बताएका छन् । 

लघुवित्तका पिताको रुपमा परिचित स्वर्गीय हरिहरदेव पन्तको स्मृति दिवसमा आइतबार उनले लघुवित्तको संख्या धेरै भए पनि सेवा त्योअनुसार प्रभावकारी हुन नसकेकाले भएका संस्थाहरुको सेवा प्रभावकारी बनाउन नयाँ संख्या नथपिएको बताएका हुन् । 

Advertisement

लक्षित व्यक्तिले सहजरुपमा वित्तीय सेवा पाउन भन्ने चाहना राष्ट्र बैंकको रहेको र ग्रामिण क्षेत्रमा लघुवित्त संस्थाहरुले यो लक्ष्यमा सहयोग गर्दै आएको बताए पनि तर यस्ता संस्थाहरुको सेवा प्रवाहमा सुधार जरुरी रहेको अधिकारीले संकेत गरे । 

उनले ग्रामीण बैंकिङ सेवालाई आफूहरुले प्राथमिकता दिएको बताए । अधिकारीले भने, ‘ग्रामीण भेगका विपन्न वर्गमा लघुवित्तमार्फत जिविकोपार्जनको आधार बनोस् भन्ने राष्ट्र बैंकको पनि चाहना हो, यसमा लागि लघुवित्त संस्थाहरुलाई सबल बनाउँदै लैजानु जरुरी छ ।’ उनले लघुवित्त र वित्तीय क्षेत्रको विकासमा स्वर्गीय पन्तको अहम भूमिका रहेको पनि बताए । 

कार्यक्रममा राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादुर थापा, धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीलगायतले बालेका थिए । सोही अवसरमा ‘समृद्धिको मार्गमा २०७७’ नामक पुस्तक पनि विमोचन गरिएको थियो । पन्तले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था स्थापना गरेर ग्रामीण क्षेत्रका जनतालाई सेवा प्रदान गरेका थिए । 

Advertisement

Advertisement