महामारीका कारण केन्टका किटाणुनाशक उपकरणहरूको बजारमा माग बढ्योः सिजी

Advertisement

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरुको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्थर्गतको ईओएल प्रालिले नेपालमा केन्टका उत्पादनहरुको माग बढेको बताएको छ । सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको उक्त कम्पनीले किटाणुनाशक केन्टका उपकरणहरू (डिसइन्फेक्टेन्ट)को बजारमा निकै माग बढेको बताएको हो । 

यस्का उत्पादनहरु अहिलेको महामारीको समयमा अत्यावश्यक पनि रहेको भन्दै कोरोना भाइरस (कोविड–१९) महामारीमा आफ्नो घर वरिपरि भएको तर सजिलै आँखाले नदेख्ने ब्याक्टेरिया र भाइरसबाट नियमितरूपमा किटाणुशोधन गर्न जरुरी रहेको बताएको छ । मानिसहरुले उपभोग गर्ने फलफूल र तरकारीहरूलाई सजिलैसँग सफा र सुरक्षित राख्न तथा कोठा र गाडी भित्रको हावा पनि ताजा र स्वस्थ राख्न केन्टका उपकरणहरुले मद्दत गर्ने सिजी इलेक्ट्रोनिक्सको भनाई छ । 

Advertisement

केन्टका उत्पादनहरुमा केन्ट अटो सेनिटाइजर, केन्ट काउन्टर टप भेजिटेबल किटाणुनाशक उपकरण, केन्ट ओजोन एयर डिसइन्फेक्टेन्ट रहेका छन् ।
 

Advertisement

Advertisement