निजामती सेवा दिवसमा ४० कर्मचारी पुरस्कृत, तर सर्वोत्कृष्ट कसैलाई पनि दिइएन्

Advertisement

काठमाडौं । यस बर्षको निजामती सेवा दिवसमा सोमबार ४० जना कर्मचारी पुरस्कृत भएका छन् । उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको हो । विगतमा जस्तो यो बर्ष सर्वोत्कृष्ट कर्मचारीको सम्मान भने कसैलाई पनि दिइएन् । 

जसअनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो। यो पुरस्कार पाउनेमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, नेपाली दुतावास, बेजिङका सहसचिव सुशील लम्साल, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल, नापी विभागका महानिर्देशक प्रकाश जोशी,  संघीय मामिला मन्त्रालयका उपसचिव डिलाराम पन्थी, सीडीई सुरतकुमार बम, लोक सेवाका उपसचिव टामलाल पाण्डे, प्रशासकीय अधिकृत  सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा रहेका छन्।

Advertisement

त्यसैगरी निजामती पुरस्कार पाउने ३० जनामा रघुराम विष्ट, कुवेर नेपाली, गोपाल रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, रोशनी देवी कार्की, अञ्जनकुमार मिश्र, डा. वीरेन्द्र मिश्र, बाबुराज अधिकारी, टिकाराम ढकाल, रञ्जित भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे, मञ्जु सिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य, प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयाँल रहेका छन्।

Advertisement

Advertisement