झण्डै छ महिनापछि दिल्ली मेट्रो सञ्चालनमा आयो, केजरीवाल खुशी

Advertisement

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको मेट्रो रेलसेवा पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रण तथा रोकथामका लागि बन्द गरिएको रेलसेवा सोमबारदेखि खुलेको हो ।

दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी)ले सरकारी निर्देशिकाबमोजिम सोमबार बिहान ७ बजेदेखि ४९ किलोमिटर लामो रेलसेवा सञ्चालन ल्याइएको जनाएको छ ।

Advertisement

लामो समयपछि सञ्चालनमा आएको भए पनि सोमबार रेलमा यात्रुहरूको संख्या निकै न्यून रहेको थियो । ‘लाइनमा बस्न नपरोस् भनेर म छिट्टै आइपुगेको थिएँ । स्नेसनमा मानिसको खासै भीड थिएन र यात्रुहरूले निर्देशनहरूको पालना गरेका थिए,’ एक यात्रु कुमुद प्रियाले भने ।

यात्रुहरूले रेलसेवा सञ्चालनमा आएकोमा आफूहरूलाई खुसी लागेको बताएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सोमबारदेखि आंशिक रूपमा सञ्चालनमा ल्याएको भए पनि सेप्टेम्बर १२ देखि मेट्रोले पूर्णरूपमा सेवा दिने डीएमआरसीले जनाएको छ ।

डीएमआरसी प्रमुख मन्गु सिंहले प्रभावकारी र सुरक्षित सेवाका लागि यात्रुहरूको सहयोग अत्यावश्यक भएको बताएका छन् । भारको केन्द्र सरकारले जारी गरेकोको निर्देशिकाअनुसार दिल्ली राज्यमा व्यावसायिक गतिविधि सञ्चालन हुन थालिसकेका छन् । जसका कारण सार्वजनिक यातायातको समस्या हुन थालेपछि केही दिनअघि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मेट्रो रेलसेवा सञ्चालनका लागि केन्द्र सरकारसँग अनुमित मागेका थिए ।

केजरीवालले ट्वीट गर्दै रेलसेवा सञ्चालनमा आएकोमा खुसी लागेको बताएका छन् ।

कान्तिपुर दैनिकबाट । 

Advertisement

Advertisement