घर र गाडी किन्ने ऋणीलाई राष्ट्र बैंकको उपहार, ब्याजदर घटबढ गर्न नपाइने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर र गाडी किन्ने ऋणीहरुलाई बम्पर उपहार दिएको छ । अब एक वर्ष भन्दा बढी अवधीको ऋण लिएर घर तथा गाडी किन्ने ऋणीहरुको ब्याजदर घटबढ हुने छैन् । राष्ट्र बैंकले स्थिर ब्याजदरमा घर कर्जा तथा गाडी कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरुका लागि बाध्यात्मक व्यवस्था गरिदिएको हो ।

बिशेष गरि व्यक्तिहरुका नाममा प्रवाह हुने घर कर्जा, सवारी कर्जामा ब्याजदर घटबढ गर्न नपाइने व्यवस्था गरिएको हो । ‘एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थीर ब्याजदर कायम गर्नु पर्नेछ । यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आबधिक कर्जाको ब्याजदर भुक्तानी अबधीभर परिवर्तन नहुने गरी स्थीर ब्याजदर निर्धारण गर्नुपर्नेछ ।’, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । 

तर, ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न पनि सकिनेछ । यस अघिका मासिक÷त्रयमासिक÷आवधिक किस्तामा भुक्तानी हुने गरी ब्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा लगायतका आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थीर ब्याजदर कायम हुने गरी कर्जाका शर्तहरु परिवर्तन गर्नु पर्नेछ ।

त्यस्तै,  कर्जा अबधी भर परिवर्तन नहुने गरी नयाँ कर्जाको लागी तोकिने स्थीर ब्याजदर अर्धवार्षिक रुपमा मात्र निर्धारण तथा प्रकाशन गर्नु पाइनेछ । 
 

Advertisement

Advertisement

Advertisement