‘क्लिन फिड’ कार्यान्वयन गर्ने मिति छ महिना पछि सार्न इण्डियन ब्रोकाष्टिङ फाउण्डेशनको आग्रह

Advertisement

काठमाडौं । भारतको प्रसारण नियमक ‘इण्डियन ब्रोकाष्टिङ फाउण्डेशन’ले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिवलाई पत्र लेखेर ‘क्लिन फिड’ नीति कार्यान्वयन गर्ने मिति छ महिना पर सार्न आग्रह गरेको छ । 

नेपालका लागि भारतीय राजदूत तथा भारतका लागि नेपाली राजदूतलाई समेत बोधार्थ दिइएको उक्त पत्रमा कोरोना भाइरस (कोभिड १९) महामारीको कारण देखाउँदै क्लिन फिड कार्यान्वयन गर्ने मिति सार्न आग्रह गरेको हो । 

Advertisement

फाउण्डेशनका सचिवले सञ्चार सचिव हरिप्रसाद बस्याललाई सम्बोधन गरी पडाइएको पत्रमा भनिएको छ, ‘हालको महामारीको परिस्थितिमा ‘क्लिन फिड’ नीति कार्यान्वयन गर्ने समय छ महिना छ गर्न आग्रह गर्दछु ।’ कोरोना भाइरसको विश्वव्यापारी महामारीका कारण नेपाल र भारतसमेत प्रभावित भएको र दुवै देशका विभिन्न ठाउँमा अझै पनि लकडाउन जारी रहेको बताउँदै क्लिन फिड कार्यान्वयनका लागि तयारी गर्ने छ महिनाको समय महामारीको कारण सिर्जित परिस्थितिमा व्यतित भइसकेको फाउण्डेशनको भनाई छ । 

छोटो समयमा क्लिन फिड लागू गर्ने कुराको प्राविधिक कुराहरु मिलाउन कठिनाई हुने कुरालाई औंल्याउँदै उनले कार्यान्वयन गर्ने समय छ महिना पर सार्न आग्रह गरेको छ । नेपालका टेलिभिजनहरुलाई विदेशी विज्ञापनरहित बनाउने उद्देश्यले कार्यान्वयन गर्न लागिएको यो नीति कसरी कार्यान्वयन गर्ने ? भन्ने बारेमा सरोकारवालाबीच अझै पनि केही विवाद कायमै रहेको देखिन्छ । 

सरोकारवालासँग छलफल गरेर मात्रै सारौंः पौडेल
नेपालमा क्लिन फिड लागू पर्नुपर्छ भनेर अभियान सुरु गर्ने नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष निर्मल पौडेलले फाउण्डेशनको आग्रहलाई नकारत्मकरुपमा लिनु जरुरी नरहेको बताएका छन् । उनले अहिलेको विषम परिस्थितिमा केही समय क्लिन फिड नीति कार्यान्वयनको समय पछि सारौं भन्नु नाजायज होइन् भन्दै तर उनीहरुको आग्रहमा भन्दा नेपालकै सरोकारवालाहरुसँग छलफल गरेर केही समयका लागि सार्न सकिने बताए । 

पौडेलले नीति कार्यान्वयन गर्ने भनिए पनि सरकारले अझै विज्ञापन बोर्ड नै गठन नगरेको बताउँदै सरोकारवाला पक्ष कसैलाई पनि अप्ठ्यारो नपर्ने गरी क्लिन फिड नीति कार्यान्वयन गर्ने कुरामा सरकार नै ढिलाई गरिरहेको बताए । 
 

Advertisement

Advertisement