नेपाल इन्स्योरेन्सले एनसीसी बैंकमा रहेको संस्थापक शेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने

Advertisement

काठमाडौँ । नेपाल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) को ५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

उक्त शेयर लिलामी प्रक्रियाबाट प्रतिकित्ता न्यूनतम मूल्य १ सय १० रूपैयाँमा बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । 

Advertisement

सो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असोज २ गतेदेखि कात्तिक ६ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनेपर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद नलाग्ने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । 

Advertisement

Advertisement