नेशनल माइक्रोफाइनान्सले संस्थापक समूहको १ लाख १० हजार कित्ता शेयर बिक्री गर्ने

Advertisement

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको १ लाख १० हजार कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ । 

असोज २ गतेदेखि प्रतिकित्ता न्यूनतम मूल्य ७२५ रुपियाँमा उक्त शेयर यो सेयर बिक्री गर्न लागेको हो । 

Advertisement

उक्त शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । कात्तिक ६ गतेभित्र आवेदन दिनु पर्नेछ । 

न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।  

 

 

Advertisement

Advertisement