२४ प्रतिशत नेपालीले जागिर खान्छन्, कृषिबाट आधुनिक उद्योग र सेवा क्षेत्रमा बदलिँदै अर्थतन्त्र

Advertisement

काठमाडौं । पछिल्लो १० वर्षको अवधीमा ४० लाख नेपालीले रोजगारी प्राप्त गरेका छन् । विश्व बैंकले सार्वजनिक गरेको नेपालको प्रतिवेदन अनुसार नेपालीहरुको रोजगारीको गुणस्तरमा पनि वृद्धि भएको छ । तर यो प्रतिवेदनमा कोरोना भाइरस महामारीको प्रभाव भने समेटिएको छैन् । नेपालको अर्थतन्त्र कृषिमाथिको निर्भरताबाट क्रमशः आधुनिक औद्योगीक तथा सेवा क्षेत्रमा स्थानान्तरण हुँदै गएको पनि विश्व बैंकले जनाएको छ । 

परम्परागत कृषि प्रणालीबाट आधुनिक उद्योग र सेवा क्षेत्र तर्फ रुपान्तरणको संक्रमणकालिन अवस्थामा रहेको नेपाली अर्थतन्त्रले कामदार तथा श्रमिकहरुका लागि कामको राम्रो अवसर पनि सृजना गरेको छ । यद्यपी रोजगारीको खोजीमा रहेकामध्ये धेरैले गुणस्तरिय काम नपाएको र त्यसमा महिलाहरुको संख्या अधिक रहेको पनि प्रतिवेदनमा उल्लेख छ । पछिल्लो १० वर्षमा निर्माण, उत्पादन, व्यापार र यातायात क्षेत्रमा धेरै पुरुषहरुले रोजगारी पाएको छ र केहि वैदेशिक रोजगारीका लागि समेत गएका छन् । 

१० वर्षको अवधीमा पुरुषहरुको कार्य क्षेत्र, रोजगारीको शिप, आम्दानी र जीवनस्तरमा धेरै परिवर्तन आएको भए पनि महिलाहरुको अवस्थामा भने अझै पनि उल्लेख्य सुधार नआएको पनि प्रतिवेदनले उजागर गरेको छ । सन २०८ मा १७ प्रतिशत नेपालीले तलबी जागिर खान्थे भने त्यो संख्या सन २०१८ मा आईपुग्दा २४ प्रतिशत पुगेको छ । अर्थात १० वर्षमा ७ प्रतिशत नेपालीले तलबी जागिर प्राप्त गरेका छन् । 

‘तलबी रोजगारहरुको संख्याले नेपालको अर्थतन्त्रको आधार संरचनामा परिवर्तन ल्याएको र विकासमा विश्वका अन्य देशकै जस्तो अवस्था रहेको देखाउँछ, अर्थतन्त्रमा देखिएको विविधताले उत्पादन बढाउँछ, रोजगारीमा बिशिष्टीकरण ल्याउँछ र स्वरोजगारीबाट फर्ममा आधारित संस्थागत रोजगारीमा पुर्याउँछ र तलबमान पनि बढाउँछ’, विश्व बैंकको प्रमुख अर्थशास्त्री डा. एलिजावेथ रुपर्ट बुल्मरले भनिन् । शहरीकरणको प्रभाव स्वरुप आर्थिक गतिबिधी र उत्पादन तथा सेवाको प्रवाह प्रणालीमा पनि केन्द्रिकृत हुने पनि उनले बताइन् । 
 

Advertisement

Advertisement

Advertisement