कुलमान घिसिङको म्याद थप गरिएन्, हितेन्द्रदेव शाक्यलाई निमित्त दिने तयारी

Advertisement

काठमाडौं । सरकारले कुलमान घिसिङको म्याद थप गर्न अस्वीकार गरेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्वन्धी कार्यविधिअनुसार घिसिङलाई म्याद थप गर्न नमिल्ने भन्दै उर्जा मन्त्रालयले घिसिङको म्याद थप नगरेको हो । 

उर्जामन्त्री बर्षमान पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले भने, ‘उहाँले म्याद थप गर्न नियमले नै मिल्दैन्, कसरी गर्ने ?’ उनले आजसम्म घिसिङको समय बाँकी रहेकाले सोमबार प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशकलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिने तयारी भइरहेको बताए । 

Advertisement

चार बर्षे कार्यकाल आजबाट सकिएकाले घिसिङले सोमबारबाट अवकाश पाउँदैछन् । उर्जा मन्त्रालयले प्राधिकरणका वरिष्ठ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिने तयारी गरेको छ । आजसम्म घिसिङको म्याद बाँकी रहेकाले भोलि नै निमित्त तोकिने भट्टले जानकारी दिए । 

लोडसेडिङ अन्त्य गर्न सक्रिय भूमिका खेलेकाले उनको म्याद थप गर्न सामाजिक सञ्जालमा चर्को आवाज उठेको छ । उर्जा मन्त्रालयको कार्यविधिमा कार्यकारी निर्देशकको म्याद थप गर्ने प्रावधान नरहेकोले प्रतिस्पर्धाबाट छनोट गर्नुको विकल्प नरहेको बताएको मन्त्रालयले बताएको छ । यदि म्याद थप गर्ने हो भने उक्त कार्यविधि नै खारेज वा संशोधन गर्नुपर्ने र एउटा व्यक्तिको लागि कार्यविधि नै हेरफेर गर्ने कुरा गर्न नसकिने मन्त्रालयको भनाई छ । 

मुख्यसचिव लोकदर्शन रेग्मीले उर्जासचिव दिनेश घिमिरेलगायतलाई बोलाएर घिसिङको नियुक्तिसम्वन्धीमा बिहीबार छलफल गरेका थिए । छलफलमा घिसिङलाई निरन्तरता दिन कानुनी अडचन देखिएपछि रेग्मीले प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई रिपोटिङ गरेका थिए । सोही बैठकबाटै घिसिङले निरन्तरता संभावना नरहेको टुँगिएको जनाइएको छ ।  यद्यपि कानुनी अडचनलाई तत्कालै मन्त्रिपरिषदले हटाएर भए पनि कुलमानलाई पुनर्नियुक्ति गर्न सकिने संभावना थियो । प्रधानमन्त्री केपी ओली र उर्जामन्त्री पुन नै सकारात्मक नहुँदा घिसिङको म्याद थप हुन नसकेको हो । यता निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउन हितेन्द्रदेव शाक्यले प्रधानमन्त्री पत्नी राधिका शाक्यमार्फत लबिङ गरिरहेका थिए । 

Advertisement

Advertisement