रेलवे कम्पनीले करारमा १३९ कर्मचारी भर्ना गर्ने

Advertisement

काठमाडौं । नेपाल रेलवे कम्पनीले १३९ जना कर्मचारी करारमा नियुक्त गर्ने भएको छ । कम्पनीले सार्वजनिक सूचना प्रकाशित गर्दै १५ दिन भित्र आवेदन दिन भनेको हो । 
कम्पनीले ६ महिनाका लागि अधिकृत र सहायकस्तरका प्राविधिक तथा गैर प्राविधिक कर्मचारी माग गरेको हो । 

अनलाइनबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । प्रतिष्पर्धाका आधारमा कर्मचारी छनौट गर्ने पनि कम्पनीले बताएको छ । अधिकृत स्तरका कर्मचारीले एक हजार रुपैयाँ र सहायकस्तरका कर्मचारीले ४ सय रुपैयाँ शुल्क तिरेर आवेदन दिन सक्नेछन् । 

धनुषामा केन्द्रिय कार्यालय रहेको कम्पनीले केहि समयपछि नै सञ्चालनमा आउने जनकपुर–जयनगरमा रेलवेका लागि कर्मचारी नियुक्त गर्न लागेको हो । यस अघि नै सरकारले विवादास्पद इञ्जिनियर गुरु भट्टराईलाई कम्पनीको प्रमुख नियुक्त गरिसकेको छ । 
 

Advertisement

Advertisement

Advertisement