अर्थमन्त्रालय पुगेर साउँदको प्रतिवद्धताः आइतबारसम्म सबै ठीक हुन्छ

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले आइतबारसम्म ‘सबै ठिक’ हुने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेप्सेका सिइओ साउँदसहितको टोली सोमबार ११ बजे अर्थमन्त्रालय पुगेको थियो । झण्डै एक घण्टाको छलफलपछि साउँदले सुधारका लागि एक हप्ताको समय मागेका हुन् । 

‘हामीले गर्ने काममा केहि पनि समस्या थिइन, वाइको कम्पनीको काममा समस्या हो, कहाँनिर के समस्या छ, त्यसको चाँडै समाधान गर्ने कुरा भएको छ’, नेप्सेका सिइओ साउँदले कर्पाेरेट नेपालसँग भने । उनले प्रविधिमा समस्या आउँदैन भनेर ग्यारेन्टी गर्न भने नसकिने बताए । नेप्सेले वाइकोसँग प्रतिवद्धता मागिसकेको र केहिदिन भित्रै टीएमएसको समस्या समाधान हुने पनि बताए । 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भने आइतबारभित्र समस्या समाधान हुने र अन्य समस्या नआउने प्रतिवद्धता नेप्सेका तर्फबाट प्राप्त भएको बताए । नेप्सेले भारत र नेपाल दुबैतिरका प्राबिधिक बोलाएर सुधारको प्रयास गरिरहेको पनि बताए । 

यसैबिच, टीएमएसमा आएको समस्याका कारण बिहिबारको सेयर कारोबारको राफसाफ रोकिएको छ । नेप्सेले सिडिएसलाई पत्र लेखेर बिहिबारको कारोबार राफसाफ रोक्न निर्देशन दिएको हो । नेप्सेको निर्देशन अनुसार नै कारोबार राफसाफ रोकिएको सार्वजनिक सूचना सिडिएसले निकालिसकेको छ । बुधबार र बिहबार लगातार टीएमएसमा समस्या आएको थियो । 
 

Advertisement

Advertisement

Advertisement